नियम ४१न
स्वामित्व वा दर्ता श्रेस्ता सम्बन्धी समस्या समाधान गर्नेः
(१) आयोगले यो नियम प्रारम्भ हुनु अघि नेपाल सरकारको निर्णय बमोजिम गठन भएका विभिन्न आयोग वा कार्यदलले वितरण गरेका जग्गाहरुको स्वामित्व वा दर्ता श्रेस्ता वा नक्सा प्रमाणित लगायतका विषयमा कुनै समस्या भए सौ सम्बन्धमा निवेदन दिनको लागि राष्ट्रियस्तरको दैनिक पत्रिकामा पैंतीस दिनको म्याद दिई सार्वजनिक सुचना प्रकाशन गर्नेछ । त्यस्तो स्‌चना सार्वजनिक सञ्चारका माध्यमबाट समेत प्रसारण गर्न सकिनेछ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचनामा उल्लिखित म्यादभित्र निवेदन पर्न आएमा आयोगले साबिक आयोग वा कार्यदलले गरेको काम कारबाही सम्बन्धी अभिलेख सम्बन्धित निकायबाट माग गर्नेछ।
(३) उपनियम (२) बमोजिम प्रास अभिलेख र स्थलगत वस्तुस्थिति समेतको. आधारमा आयोगले जग्गाको स्वामित्व वा जग्गाधनी दर्ता श्रेस्ता वा नक्सा _ प्रमाणित लगायतका बिषयमा देखिएका समस्या समाधान गर्नेछ ।